कीवर्डहरू -

युट्युबले आजदेखि शर्ट्स निर्मातालाई १०० मिलियन डलरको कोषबाट पैसा दिदै

युट्युबले आजदेखि शर्ट्स निर्मातालाई १०० मिलियन डलरको कोषबाट पैसा दिदै

युट्युबले सर्टस निर्मातालाई १०० मिलियन डलरको कोषबाट पैसा दिन सुरु गरेको छ । यसले गर्दा एपमा सक्रिय दर्शकहरु आउने कम्पनीले विश्वास गरेको छ । सर्ट्स हालैमात्रै बेटा भर्सनबाट निस्किएर सय भन्दा बढि देशहरुमा उपलब्ध भईसकेको छ ।

युट्युबले यो क्षेत्रमा एकदमै सक्रिय रुपले काम गरिरहेको बताएको छ । सर्ट्स बनाउने हरकोहीले यो योजनामा सहभागी हुन पाउँछन् । यो योजनालाई सफल बनाउनका निम्ति युट्युबले आफ्नो कम्युनिटीसँग पनि सुझाव लिनेछ । यसमा क्रियटरहरुले १०० डलर देखि १० हजार डलर सम्म कमाउन पाउनेछन् ।

सर्ट्स बनाउँदा कम्युनिटी गाईडलाइन मानेको र सक्कली कन्टेन्ट भएको हुनुपर्छ । यसमा कति भ्यू आयो भन्ने कुराले पनि महत्व राख्ने गर्दछ । सर्ट्सले दैनिक रुपमा ६.५ बिलियन भ्यु जम्मा गर्न सकिरहेको छ । यसमा ६० सेकेण्ड सम्मको भिडियो क्लिप रेकर्ड गर्न सकिन्छ । सर्टसले स्वत्त रपमा क्यापसन आउने फिचरमा पनि काम गरिरहेको छ ।