कीवर्डहरू -

ह्वाटसएपले सार्वजनिक गर्‍यो ‘भ्यू वान्स’ फिचर, फोटो र भिडियो एक पटक हेरेपछि हराउने

ह्वाटसएपले सार्वजनिक गर्‍यो ‘भ्यू वान्स’ फिचर, फोटो र भिडियो एक पटक हेरेपछि हराउने

ह्वाटसएपले आफ्नो प्लेटफर्ममा ‘भ्यू वान्स’ नामक फिचर ल्याएको छ । यो फिचरले गर्दा एपमा पठाइएको फोटो तथा भिडियो एक चोटि हेरेपछि हराउने गर्दछ ।

यो फिचर स्न्यापच्याट, म्यासेन्जर र इन्स्टाग्रामको फोटो फिचर जस्तै हो । ह्वाटसएपमा फोटो खिच्दा प्रयोगकर्ताहरुले टाइमर आइकनलाई ‘भ्यू वान्स’मा सेट गर्न सक्नेछन् ।

‘भ्यू वान्स’मा आएको कन्टेन्टलाई च्याटमा प्रिभ्यू गर्न सकिदैन् र आफ्नो डिभाइसमा डाउनलोड पनि गर्न सकिदैन् । फेसबुकले यो फिचरलाई प्राईभेट मुमेन्ट नाम दिने भएको छ । यसमा मान्छेले कुनै संवेशनशील जानकारीहरु पनि पठाउन सक्छन् ।

यसमा प्रयोगकर्ताहरुले भने स्क्रीनसट तथा भिडियो रेकर्ड गर्न सक्नेछन् र स्न्यापच्याटले जसरी स्क्रीनसट खिचेको भनेर अर्काे प्रयोगकर्तालाई जानकारी दिदैन् । ‘भ्यू वान्स’ कन्टेन्टलाई रिपोर्ट गरिएको खण्डमा त्यो कन्टेन्ट ह्वाटसएपले पनि हेर्न सक्ने कम्पनीले बताएको छ ।