कीवर्डहरू -

नेपाल टेलिकमको एमपोस रिचार्जमा आएको समस्या समाधान, रिचार्ज सुचारु 

नेपाल टेलिकमको एमपोस रिचार्जमा आएको समस्या समाधान, रिचार्ज सुचारु 

बिहीबार विहानदेखि नेपाल टेलिकमको एमपोस रिचार्जमा आएको समस्या समाधान भएको छ । विहान ६ बजेदेखि मोबाइल वालेट रिचार्ज र बैंकको अनलाइन भुक्तानीमा समस्या आएको थियो ।

उक्त समस्या समाधान भइसकेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका अनुसार एमपोस सिष्टमलाई जोड्ने लिंकमा आएको प्राबिधिक समस्याको कारण केही समय एमपोस प्रविधि मार्फत हुने रिचार्जमा समस्या देखिएकोमा लिंक मर्मतपछि सेवा सुचारु भएको छ ।

अघि आइसिटी समाचारसँग कुरा गर्दै टेलिकमका सहप्रवक्ता रन्जित लोहनी एमपोस प्रविधिमा आएको समस्याका कारण रिचार्ज नभएको बताएका थिए । एमपोसबाट हुने रिचार्जमा समस्या आएकोभए पनि अन्य रिचार्जमा भने कुनै समस्या नभएको टेलिकमले जनाएको छ ।