कीवर्डहरू -

टिकटकको स्टोरी फिचर अब सबै प्रयोगकर्तालाई उपलब्ध हुने

टिकटकको स्टोरी फिचर अब सबै प्रयोगकर्तालाई उपलब्ध हुने

टिकटकले अमेरिका बाहिर पनि स्टोरी फिचर ल्याउन परीक्षण गरिरहेको छ । अहिलेसम्म छोटो भिडियोको फिचर इन्स्टाग्राम, स्न्यापच्याट, युट्युब जस्ता एपले नक्कल गरिरहेका थिए र अब टिकटकले स्टोरीको फिचर आफ्नो एपमा ल्याउने लक्ष्य राखेको छ ।

कम्पनीले २४ घण्टा पछि हराउने खालको पोस्टको फिचर ल्याएको छ । यो फिचर अहिले जाँचकै चरणमा रहेकाले प्रयोगकर्ताहरुलाई मन नपरेमा एपमा नआउन पनि सक्छ ।

यसले एपको प्रयोग अनुभवलाई अझै राम्रो बनाउने कम्पनीको विश्वास रहेको छ । अरु एपसँग प्रतिस्पर्धा गर्न पनि टिकटकले यो फिचर ल्याउने भएको हो ।

ट्वीटरले पनि टिकटककै जस्तो फ्लिट नामक छोटो भिडियोको फिचर ल्याएको थियो तर असफलताका कारण केही दिन अघि त्यो फिचर हटाइएको थियो ।