कीवर्डहरू -

काठमाडौं मेडिकल कलेजले शुरू गर्‍यो रोबोटिक सर्जरी सेवा, अब रोबोटको सहायताबाट अप्रेसन

काठमाडौं मेडिकल कलेजले शुरू गर्‍यो रोबोटिक सर्जरी सेवा, अब रोबोटको सहायताबाट अप्रेसन

काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलोपटक रोबोटिक सर्जरी सेवा शुरू गरेको छ । अस्पतालले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर नेपालमै रोबटिक सर्जरी शुरू गरेको जानकारी दिएको हो ।

काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माले रोबटीक सर्जरी सुरु गरेर नेपालको न्यूरो सर्जरीको क्षेत्रमा नयाँ आयाम थपेको बताए ।

रोबोटको सहायताले सुक्ष्म एवं जटिल शल्यक्रिया गर्न सहज हुनेछ । रोबोटिक सर्जरीमा चिकित्सकले बनाएको अप्रेशन योजनामा रोबोटको सहायता लिएर अप्रेशन गर्ने गरिन्छ ।

रोबोटिक सर्जरीका लागि कलेजले अमेरिकाबाट १० करोडको मेसिन खरिद गरेको छ । कलेजका अनुसार हाल न्यूरो सर्जरीका लागि रोबोट प्रयोगमा ल्याए पनि अब अन्य सर्जरीमा पनि रोबोटको प्रयोग गर्ने योजना रहेको छ ।