कीवर्डहरू -

तस्करीका ५ सय ९५ थान मोबाइल दुम्किबासमा बरामद, २ जना पक्राउ

तस्करीका ५ सय ९५ थान मोबाइल दुम्किबासमा बरामद, २ जना पक्राउ

विनयीत्रिवेणी गाउँपालिका-१ बाट विल नभएका विभिन्न कम्पनीका ५ सय ९५ थान मोबाइलसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

चितवन भरतपुर महानगरपालिका-८ बस्ने ४३ वर्षीय अर्जुन ढकाल र सोही ठाउँ बस्ने ४० वर्षीय ईन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) हिक्मत बहादुर थापाले जानकारी दिए ।

इन्स्पेक्टर थापाका अनुसार प्रदेश ३-०१-०२३ च ५५४४ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल नभई अवैध रुपमा ल्याएको उक्त मोबाइल फेला पारी गाडी चालक अर्जुन र ईन्द्रलाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।