कीवर्डहरू -

खेर गएका स्मार्टफोन र ल्यापटपबाट यसरी बनाइयो टोक्यो ओलम्पिकका मेडलहरु 

खेर गएका स्मार्टफोन र ल्यापटपबाट यसरी बनाइयो टोक्यो ओलम्पिकका मेडलहरु 

अहिले जापानको टोक्योमा ग्रीष्मकालीन ओलम्पिक २०२० चलिरहेको छ । जुलाई २३ बाट सुरु भएको ओलम्पिक भोलि आइतबार समापन हुदैन छ ।

यस ओलम्पिकमा ३३ खेलमा ३३९ प्रतियोगिता हुदैछन् । तपाईंहरुलाई थाहा छ यि खेलमा प्रदान गरिने स्वर्ण, रजत र कांस्य पदक कसरी बनाइएको हो ? धेरैलाई यो कुरा थाहा नहु नसक्छ, यि खेलमा प्रदान गरिने सम्पूर्ण मेडलहरु खेर गएका विद्युतीय सामग्रीहरुको प्रयोग गरेर बनाइएको हो ।

जापानले विश्व मै उदाहरणीय काम गर्दै पुराना, खेर गएका स्मार्टफोन र ल्यापटप रिसाइकल गरेर स्वर्ण, रजत र कांस्य पदकहरु बनाएको छ । जापानले गरेको कामलाई संसारभर प्रशंसा गरिएको छ ।

विश्व मै समस्याको रुपमा रहेको ‘इ वेस्ट’ अर्थात विद्युतीय सामग्रीको फोहर संकलन गरेर ओलम्पिकको पदकहरु बनाउन सानो प्रयासले सफल भएको होइन । यो काम गर्न २ वर्ष लागेको छ ।

जापान सरकारले दुई वर्षअघि नै सन् २०१७ अप्रिलमा एउटा प्रोजेक्ट घोषणा गर्यो, जसलाई नाम दिइएको थियो, ‘टोकियो २०२० मेडल प्रोजेक्ट’ । विशेष अभियान चलाएर जापानका नागरिकलाई खेर गएका, घरमा धन्किएका र प्रयोग नभएका स्मार्टफोन, ल्यापटपहरु प्रदान गर्न आह्वान गरियो ।

जापान सररकारको यो अभियानमा स्वतस्फुर्तरुपमा जापानिज नागरिक सरिक भए । यस अभियानमा जापानको ९० प्रतिशत भूभागबाट लाखौं जनताले आफूले प्रयोग गरेर फालेका मोबाइल, ल्यापटपहरु दिएका थिए । यस अभियानमा राष्ट्रिय सरकार, स्थानीय पालिकाहरु, विभिन्न कम्पनीहरु, विद्यालय र स्थानीय समूदायको सक्रितापूर्वक सहभागिता थियो ।

अभियान सुरु गर्दा यस प्रोजेक्टको बोर्डमा ६ सय नगरिपालिकाका थिए । सन् २०१९ को मार्चमा जब यो अभियान अन्ततिर गइरहेको थियो त्यसबेला सम्म यसमा सहभागि हुने नगरपालिका १ हजार ६ सय पुगेका थिए । यस अभियानमा ति विद्युतीय सामग्रीहरुको संकलन गर्न सजिलो होस् भनेर विभिन्न ठाउँमा संकलन केन्द्र राखिएको थियो ।

यस अभियानबाट झन्डै ८० टन पुराना मोबाइल र ल्यापटक संकलन भएका थिए । यस अभियानमा जापानिज फोन अपरेटरहरुले ६२ लाख फोनहरु संकलन गरेका थिए । यो ठूलो मात्राको विद्युतीय सामाग्रीलाई रिसाइकल गरियो । त्यसबाट मेटल निकालियो । यसबाट ७० पाउन्ड अर्थात ३२ किलोग्राम सुन, ७ हजार ७ सय पाउन्ड चाँदी र ४ हजार ८ सय ५० पाउन्ड काँस निकालिएको थियो । यो जम्मा गर्न दुई वर्ष लागेको थियो ।

जापानका हरेक नागरिक आफ्नै देशमा हुने ओलम्पिकमा सहभागिताको महसुस गरुन भनेर यो अभियान गरिएको थियो । यसको उद्देश्य यतिमात्र थिएन । यसको अर्को मुख्य उद्देश्य भनेको समस्याका रुपमा रहेको विद्युतीय सामग्रीको फोहर व्यवस्थापन पनि थियो ।

यस अभियानमा केही संघसंस्थाहरुको पनि सहभागिता रहेको थियो । यो अभियानले ओलम्पिकको मेडल बनाउने मात्र काम नगरेर विद्युतीय फोहर व्यवस्थापनमा ठूलो सहयोग पुगेको उनीहरुको धारणा छ ।

जापान नै यस्तो देश हो जसले पहिलो पटक खेर गएका विद्युतीय सामग्रीबाट ओलम्पिक मेडल बनाएको छ । यो विश्वको लागि नयाँ कन्सेप्ट हो । हुन त यसअघिको ओलम्पिकमा पनि खेर गएका विद्युतीय सामग्री प्रयोग नभएको होइन । तर, जापानमा जस्तो व्यापक रुपमा भएको थिएन ।

सन् २०१६ ब्राजिलमा भएको ओलम्पिकमा प्रयोग भएको स्वर्ण र रजतमा ३० प्रतिशत खेर गएका कारका पार्टपुर्जा र ऐना रिसाइकल गरेर निकालिएको थियो । सन् २०२४ मा पेरिसमा हुने ओलम्पिकमा सामाजिक परिवर्तन र वातावरण संरक्षणको मुख्य थिम राखिएको छ । उक्त ओलम्पिकमा पनि अहिलेको जापानको प्रोजेक्टले केही पाठ सिकाउने विश्वास गरिएको छ ।

पछिल्लो समयमा विद्युतीय सामग्रीको फोहर समस्याको रुपमा बढ्दै गएको छ । जापानले गरेको यो काम धेरैको लागि ‘केस स्टडी’ हुनसक्ने बताइएको छ ।

\"\"