कीवर्डहरू -

भिभोको भी २१ ई स्मार्टफोन नेपाली बजारमा, खरिद गर्ने ग्राहकलाई निःशुल्क इयरबड

भिभोको भी २१ ई स्मार्टफोन नेपाली बजारमा, खरिद गर्ने ग्राहकलाई निःशुल्क इयरबड

भिभोको भी २१ ई स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । आईतबारबाट भी २१ ई फोन बजारमा उपलब्ध भएको हो ।

४४ मेगापिक्सेलको आई अटोफोकस फ्रन्ट क्यामरा जडान गरिएको फोनमा नाइट पोटे्रट समेत समावेश गरिएको छ । यसले राम्रो फोटोग्राफी र भिडियोग्राफी गर्न मदत गर्ने कम्पनीले जनाएको छ ।

अगष्ट ८ देखि १० तारिखसम्म भी २१ ई स्मार्ट फोन खरिद गर्नेले लन्च अफरको रुपमा निःशुल्क इयरबड जित्ने अवसर पाउने छन् ।

यसमा अटो फोकस फिचर  पनि रहेको छ । जसले गर्दा सफा इमेज, बेटर नाइट सट, ४के गुणस्तरको स्टेबल भिडियो खिच्न सकिने छ ।

यसमा रहेको डुवल भ्यू भिडियो, स्लो मोशन सेल्फी भिडियो, फोरके सेल्फी भिडियो एट स्टेडीफेश सेल्फी भिडियो जस्ता सुविधा छन् । भिभोका अनुसार ६४ मेगापिक्सेल नाइट क्यामेराले उत्कृष्ट इमेज क्वालिटी दिन सक्छ र माइक्रोफोटोग्राफीमा अरु क्यामेराभन्दा राम्रो परिणाम दिनेछ ।

यसले फोरके गुणस्तरको इमेज, भिडियो र इलेक्ट्रोन्रिक इमेज स्टेबीलाइजेसनले उत्पादनलाई सानो साइजमा राख्न मदत गर्दछ ।

भी २१ इ मा क्वालकम स्न्यापड्रागन ७२० जी प्रोसेसर प्रयोग गरिएको छ । फोनमा ८ जीबी र्याम र १२८ जीबी रोम रहेको छ भने ३ जीबी एक्सटेन्डेबल र्यामको बिशेषता रहेको छ ।

३३ वाट फ्ल्यास चार्जले उपभोक्तालाई आवश्यक पर्दा  क्षमता बढाउन सक्ने बनाइएको छ । नेपाली बजारमा यो स्मार्ट फोनको मूल्य ३९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।