कीवर्डहरू -

२ लाख ८५ हजार व्यक्तिले दर्ता गरे मोबाइलको आईएमईआई नम्बर

२ लाख ८५ हजार व्यक्तिले दर्ता गरे मोबाइलको आईएमईआई नम्बर

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता नगरिकन मोबाइल चलाउन नपाइने घोषणा गरेसँगै यसको दर्ता गर्नेको संख्या वृद्धि हुदै गएको छ ।

व्यवसायिकरुपमा बिक्री हुने मोबाइल भन्सारमै दर्ता भएर आउने भए पनि व्यक्तिगत रुपमा आउने र  विदेशबाट उपहार पठाइदिन मोबाइलको आईएमईआई नम्बर दर्ता हुन सकेका थिएनन् ।

प्राधिकरणले त्यसरी व्यक्तिगत रुपमा आएका मोबाइलको आइएमईआई नम्बर दर्ता गर्न भनेपछि प्राधिकरणको वेबसाइटबाट दर्ता बढेको हो ।

प्राधिकरणका अनुसार अहिलेसम्म व्यक्तिगत रुपमा आईएमईआई नम्बर दर्ता गर्नेको संख्या ३ लाख पुग्न लागेको छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म २ लाख ८४ हजार ९०३ व्यक्तिले मोबाइलको आईएमईआई नम्बर दर्ता गरिसकेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले अहिलेसम्म व्यक्तिगतरूपमा २ लाख ८४ हजार ९०३ जना व्यक्तिले मोबाइलको आईएमईआई नम्बर दर्ता गरेको बताए ।

गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वनमा आएपनि मोबाइलको आईएमईआई दर्ता भने त्यसअघि नै शुरू भएको थियो ।

प्राधिकरणले अवैध मोबाइल रोक्न गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याएको थियो । अहिले यो सिस्टम पूर्ण रूपमा लागु भएको छैन् ।

यो प्राणाली लागुभएपछि ६ महिनासम्म परीक्षणकाल तोकिएको छ । यसको अर्थ अहिले सञ्चालनमा रहेका मोबाइलहरु यो प्रणाली लागूभएको ६ महिनासम्म आईएमईआई नम्बर दर्ता गर्न समयावधि दिनुपर्ने कानुनी प्रावधान रहेको छ ।

६ महिनापछि भने प्राधिकरणले दर्ता नभएका मोबाइललाई पूर्णरुपमा बन्द गर्न सक्छ ।

चाबहिलको डेटा सेन्टरमा राख्ने उपकरणहरू अझैसम्म नआएको मिश्रले जानकारी दिए । उपकरणहरु नआएकाले अझै सिस्टम पूर्ण रूपमा कार्यान्वयनमा आउन कति समय लाग्ने हो त्यो भने एकीन छैन् ।

अनलाइनबाटै यसरी गर्नुहोस् दर्ता

अनलाइनबाटै मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ मागिएका आवश्यक विवरण राखेर दर्ता गर्न सकिने छ ।

साथै तपाईले यहाँ क्लिक गरी आफ्नो आईएमईआई नम्बर दर्ता छ की छैन् भनेर थाहा पाउन सक्नुहुनेछ । यदी दर्ता छैन् भने दर्ता गर्नुपर्ने हुन्छ । आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन *#०६# डायल गर्नुहोस् ।

यो डायल गर्दा मोबाइलले एउटा मात्रै सीम सपोर्ट गर्छ भने एउटा मात्रै आईएमईआई नम्बर देखाउँछ भने यदी मोबाइलले २ वटा सिम सपोर्ट गर्छ भने २ वटा आईएमईआई नम्बर देखाउँछ । आईएमईआई नम्बर २ वटा भए प्राधिकरणमा दुबै नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।