कीवर्डहरू -

अगस्ट २६ मा पिक्सेल फाइभ ए स्मार्टफोन सार्वजनिक गर्दै गूगल

अगस्ट २६ मा पिक्सेल फाइभ ए स्मार्टफोन सार्वजनिक गर्दै गूगल

गूगलले अगस्ट २६ मा पिक्सेल फाइभ ए सार्वजनिक गर्नसक्ने भएको छ । यो फोन पिक्सेल फोर ए फाइभ जीको परिमार्जित भर्सन हो । यसमा पिक्सेल फाइभको जस्तै क्यामेरा हुनेछ ।

त्योसँगै डिभाइसमा हेडफोन ज्याक पनि हुनेछ । यसमा स्न्याड्रयागन ७६५ जी फाइभ जी प्रयोग गरिएको हुनेछ र स्मार्टफोनमा ६ जिबी र्‍याम हुनेछ ।

यसमा ४ हजार ६५० एमएएचको ब्याट्री पनि हुनेछ तर वायरलेस चार्जिङ भने नहुने बताइएको छ । फोनमा ६.४ इन्चको डिस्प्ले हुनेछ र कालो रङ्गमा मात्रै आउनेछ । गूगलको यो डिभाइस ४५० डलर पर्ने जनाइएको छ ।

यसले ४० प्रतिशत राम्रो सिपियू परफोमेन्स र गुणस्तरीय फोटोग्राफीको फिचर दिने कम्पनीको दावी छ । यो फोन अहिले सुरुवातमा अमेरिका र जापानका लागि मात्रै उपलब्ध रहने छ । यसमा माइक्रो एसडी स्लट पनि रहेने छ ।