कीवर्डहरू -

साढे ४१ करोड पर्ने सबैभन्दा महंगो ल्यापटप, के के होलान् त विशेषता ? 

साढे ४१ करोड पर्ने सबैभन्दा महंगो ल्यापटप, के के होलान् त विशेषता ? 

नेपालमा साधारण ल्यापटप ५०–६० हजारको रेन्जबाट पाइन्छन् । जसबाट सामान्य काम गर्न सकिन्छ ।

तपाईंलाई थाहा छ, विश्वको सबैभन्दा महंगो ल्यापटकको मूल्य कति होला र त्यसमा के विशेषता होलान ?

विश्वकै सबैभन्दा महंगो ल्यापटप हो, ‘एमजेज् स्वारोभस्की एण्ड डाइमण्ड स्टड्डेड नोटबुक’ । यसको मूल्य ३५ लाख अमेरिकी डलर रहेको छ ।

अर्थात्, नेपालमा आइतबार एक डलरको मूल्य ११९ रुपैयाँ हिसाब गर्दा यसको नेपाली मूल्य ४१ करोड ६५ लाख रुपैयाँ पर्छ ।

यो ल्यापटप युक्रेनको आर्ट स्टुडियो एमजेले सन् २०१६ मा बनाएको थियो । यसमा सयौं ह्वाइट एण्ड ब्लाक डाइमण्ड प्रयोग गरिएको छ । यसको माउसमा पनि त्यस्ता डाइमण्ड प्रयोग भएका छन् ।

सीमितमात्रमा उत्पादन गरिएको यो ल्यापटप अति सुन्दर छ ।

तपाईंलाई लाग्ला यति धेरै महंगो मूल्य पर्ने ल्यापटपको भित्री प्रोसेसरलगायतका स्पेसिफिकेसन कस्तो होला भन्ने । यसको भित्र खासै ठूलो कुरा केही छैन । साधारण अन्य ल्यापटपमा जस्तै सय जिबीको हार्डडिक्स र र्याम २ जिबी रहेको छ ।

यसको मूल्य जति महंगो छ, यसको कारण यसमा प्रयोग भएको डाइमण्ड नै हो । यस कम्पनीले असुस लम्बोर्घिनी प्लाटिनम क्रोक्रोडाइन, एसर फेरारी पाइथन र असुस इपीसी भीआइपी स्वारोभस्की जस्ता विशासी ल्यापटप पनि उत्पादन गरेको छ ।

टेलिप इगो डायमन्ड

यो ल्यापटप महिलाले बोक्ने ह्यान्डव्याग जस्तै डिजाइन गरिएको छ । यसको मूल्य ४ लाख डलर रहेको छ, झन्डै ४ करोड ७६ लाख रुपैयाँ पर्छ । यसमा १६ जिबी र्याम र १६० जिबी हार्ड ड्राइभ रहेकोछ। १२ इन्जको स्क्रिन रहेको यस ल्यापटपमा सेतो सुन र डाइमन्ड प्रयोग गरिएको छ ।

लुभाग्लिओ

त्यस्तै अर्को विश्व कै महंगो ल्यापट हो लुभाग्लिओ । यसको मूल्य एक लाख डलर छ । नेपाली १ करोड १९ लाख रुपैया पर्नआउँछ । बेलायतको कम्पनीले बनाएको यो ल्यापटपकको १७ इन्च स्क्रिन छ । साथै, १२८ जिबीको एसएसडी स्टोरेज रहेको छ ।

‘गोल्डेन एज’, म्याकबुक एयर

यसको मूल्य २६ हजार डलर पर्छ अर्थात झन्डै ३१ लाख नेपाली रुपैयाँ । यसमा २४ क्यारेटको सुन प्रयोग गरिएको छ । साथै, उच्च मूल्यको क्रिस्टल प्रयोग गरिएको छ । यो ल्यापटप २० थान बनाइएको थियो । यसमा २ जीबी र्याम र ८० जिबीका हार्डडिक्स रहेको छ ।

इगो फर बेन्ट्ली

बेलायतको कार उत्पादक बेन्ट्ली र इगोका बीच सहकार्यपछि उत्पादन गरिएको यो ल्यापटपको मूल्य २० हजार डलर रहेको छ अर्थात २३ लाख नेपाली रुपैयाँ । यस ल्यापटपमा सितो सुनको प्रयोग गरिएको छ ।

यो विश्व मै २५० वटा मात्र उत्पादन भएको थियो । यसमा खासै ठूलो स्पेसिफिकेसन छैन । २ जिबीको र्याम र १६० जिबीको हार्ड ड्राइभ रहेको छ ।