कीवर्डहरू -

ह्वावेको हार्मोनीओस स्टल गर्नेको संख्या ५ करोड कट्यो 

ह्वावेको हार्मोनीओस स्टल गर्नेको संख्या ५ करोड कट्यो 


ह्वावेको आफ्नै हार्मोनी अपरेटिङ सिस्टम (हार्मोनीओस) प्रयोगकर्ता ५ करोडबाट माथि लागेको छ । अमेरिकाले ह्वावे मोबाइलमा एन्ड्रोइडओस अपरेटि सिस्टम प्रतिबन्ध गरेपछि ह्वावेले हार्मोनीओस सार्वजनिक गरेको थियो ।

ग्लोबल टाइम्सको रिपार्टअनुसार प्रत्येक सेकेन्डमा ८ जना व्यक्तिले हार्मोनीओस अपग्रेडिङ गरिरहेका छन् । ह्वावेल जुन २ मा औपचारिक रुपमा हार्मोनीओस २ सार्वजनिक गरेको थियो ।

अहिले ह्वावेका २० भन्दा धेरै मोबाइल मोडल छन्, जसमा हार्मोनीओस अपग्रेड भइरहेका छन् । यो वर्षको अन्तसम्ममा चीनमा ४० मुख्य ब्रान्डहरु हार्मोनिओसमा सहभागी हुने अपेक्षा गरिएको छ ।

अहिले विश्वभर फाइभजी नेटवर्क विस्तार भइरहेको छ । यो समय ह्वावेलाई विश्वको तेस्र्रो ठूलो मोबाइल इकोसिस्टम बनाउने अवसर रहेको विश्लेषण गरिएको छ । यस्तो इकोसिस्टकम बनाउनेमा एप्पलको आइओएस र गुगलको एन्ड्रोइड अगाडि रहेका छन् ।

ह्वावेले जुलाई २९ मा बुहप्रतिशिक्षत स्मार्टफोन पि५० सार्वजनिक गरेको छ । जुन बनाउँदा नै हार्मोनिओस अपरेटिङ सिस्टम राखिएको थियो । यो चीनमा नै पहिलो मोबाइल हो जसमा पहिलो पटक एन्ड्रोइड र गुगल सेवा राखिएको छैन ।
अपरेरिङ सिस्टमका कारण ह्वावेको मोबाइल बजार घट्दै गएको छ । दोस्रो त्रैमासिक रिपोर्टअनुसार ह्वावेको विश्व बजार घट्दै गएको देखिएको छ ।

हार्मोनिओस भने २ वर्षदेखि मुख्यगरी ह्वावे वाच, ल्यापटप र होमअप्लाइन्समा प्रयोग हुदै आएको थियो । जुलाईको सुरुमा ह्वावेले हार्मोनिओस अपग्रेड गर्ने संख्या ३ करोड पुगेको बताएको थियो  भने यो वर्षको अन्तमा ३० करोड पुग्ने अुनमान गरिएको छ । जसमध्ये २० करोड ह्वावेका डिभाइसमा हुनेछन् ।