कीवर्डहरू -

प्रमुख १८ स्मार्टफोन बजारमा रियलमी शीर्ष ५ स्थानमा

प्रमुख १८ स्मार्टफोन बजारमा रियलमी शीर्ष ५ स्थानमा

रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शीर्ष ५ स्मार्टफोन ब्राण्ड भित्र पर्न सफल भएको छ । स्थापनाको केवल ३७ महीनामै रियलमीले विश्वभर १० करोड स्मार्टफोन ढुवानीको लक्ष्य पूरा गरी स्मार्टफोनको क्षेत्रमा तीव्र बजार विस्तार गरेर नयाँ रेकर्ड बनाएको छ ।

यो तीन वर्षिय कम्पनीको लागि नयाँ रेकर्ड हो । यसैगरी भारतको नम्बर वान फाइभजी स्मार्टफोन ब्राण्डका रुपमा आफूलाई स्थापित गरी भारतमा ५ करोड स्मार्टफोन ढुवानी गर्ने पहिलो स्मार्टफोन रियलमी बनेको छ ।

फाइभजी विस्तारका क्षेत्रमा आक्रामक रियलमी २०२१ को दोस्रो क्वाटरमा भारतीय स्मार्टफोन बजारको क्षेत्रमा २२ प्रतिशत हिस्सा ओगटेको छ । उक्त अवधिमा १४० प्रतिशतले बजार विस्तार गर्दै रियलमी भारतको चौथोँ ठूलो स्मार्टफोन बन्न सफल भएको छ ।

क्यानालिसको विश्वभर स्मार्टफोन ढुवानीको  रिपोर्ट अनुसार फिलिपिन्स बजारमा रियलमी पहिलो नम्बरमा रहेको छ । त्यसै गरी बंगलादेशमा पनि रियलमीले पहिलो पटक नेतृत्वदायी स्थानमा आफूलाई उभाएको छ, जुन स्थान हासिल गर्न सन् २०२० मा बजार प्रवेश गरे लगत्तै  सुरुवाती केवल ५ क्वाटर समय लगाएको हो ।

यो क्वाटरमा यूरोपको बजारमा १२८२ प्रतिशत वार्षिक बजार वृद्धि गर्दै ढुवानीका हिसाबले यूरोपमा स्मार्टफोन पठाउने शीर्ष ५ भित्र रियलमी पर्न सफल भएको छ । साथै यो कम्पनी पहिलोपटक स्लोभियामा दोस्रो, रसिया र पोल्याण्डमा तेस्रो र इटलीमा पाँचौँ स्थानमा पर्न सफल भएको छ ।

‘यही अगस्ट महिनामा हामीले कम्पनीको तेस्रो वार्षिकोत्सव मनाउदै गर्दा विश्वभर स्मार्टफोन बजारमा बलियो स्थानमा आफूलाई स्थापित गरेकोमा हामी खुसी छौँ,’ रियलमीका उपाध्यक्ष समेत रहेका नेपाल, भारत तथा यूरोपका लागि प्रमुख कार्यकारी अधिकृत माधव शेठले भने । उपभोक्तालाई सुलभ मूल्यमा उच्च स्तरको स्टाइलिस स्मार्टफोन उपलब्ध गराउनमा प्रतिवद्ध गरेको उनले बताए ।

क्यानालिस रिपोर्टका अनुसार ढुवानीका हिसाबले फिलिपिन्स, बंगलादेश, स्लोभेनिया, पोल्याण्ड, रसिया, कम्बोडिया, चेक रिपब्लिक, भारत, इन्डोनेसिया, ईजीप्ट, ग्रिस, इजरायल, इटली, मलेसिया, म्यानमार, नेपाल, सिङ्गापुर र थाइल्याण्डमा शीर्ष ५ स्थानभित्र रियलमी रहेको छ ।