कीवर्डहरू -

ओरिएण्टल इन्स्योरेन्सको बीमा शुल्क अब खल्तीबाटै तिर्न सकिने 

ओरिएण्टल इन्स्योरेन्सको बीमा शुल्क अब खल्तीबाटै तिर्न सकिने 

अब खल्तीबाटै ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्ती बाट सिधै तिर्न सकिने भएको छ ।

‍यो सेवासँगै अब ओरिएण्टल इन्स्योरेन्सका ग्राहकले नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सक्ने छन् ।

खल्तीबाट बिमा शुल्क तिर्न शुरूमा खल्ती एप लगइन गर्नुहोस् र इन्स्योरेन्स आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि
ओरिएण्टल लाईफ इन्स्योरेन्स सेलेक्ट गर्नुहोस् । अब सम्पुर्ण विवरण दाखिला गरि प्रोसिड टु पेमा क्लिक गर्नुहोस् र
अन्त्यमा पेमेन्ट अप्सन छानोट गरी भुक्तानी गर्नुहोस् ।

५ हजार रूपैयाँ माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।