जर्मन पशु आश्रयले एडप्ट गर्न मिल्ने घरपालुवा जनावरहरुको प्रोफाइल टिन्डरमा पोस्ट गरिरहेको छ । म्युनिच आनिमल वेलफेय एसोसिएसने एडप्ट गर्न मिल्ने घरपालुवा जनावरहरुलाई जनावर पाल्न मन हुने व्यक्तिसँग जोडि मिलादिन थालेको छ ।
आश्रयले स्थानिय विज्ञापन एजेन्सीलाई भनेर १५ ओटा कुकुर र विरालोको हेडसट खिच्न लगाएको थियो । यो कार्यलाई धरै जनावर प्रेमीले मनपराएको पनि आश्रयको ठहर गरेको छ ।
महामारीमा धेरै मान्छेहरुले जनावर पाल्न कम गरेकाले यो पहल गरिएको हो । यो पहलले धेरै जनावरहरुलाई राम्रो जीवन दिन सहयोग पुर्याउने कम्पनीले बताएको छ ।