कीवर्डहरू -

सस्तो फाइभजी फोन पोको एमथ्री प्रो नेपालमा, कति होला मूल्य ? 

सस्तो फाइभजी फोन पोको एमथ्री प्रो नेपालमा, कति होला मूल्य ? 

नेपालमा पोको एमथ्री प्रो फाइभजी स्मार्टफोन सार्वजनिक भएको छ । पोकोले सस्तो फाइभजी फोन नेपालमा सार्वजनिक गरेको हो ।

९० हर्ज रिफ्रेस रेटसहित पोको एमथ्री प्रोमा ६.५ इन्च फुल एचडी प्लस डट डिस्प्ले रहेको छ । यसमा मिडियाको टेकको डायमेन्सिटी ७०० फाइभजी प्रोसेसर राखिएको छ ।

नेपालमा उपलब्ध पोको एमथ्री प्रोमा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको छ । यसमा एन्ड्रोइड ११ मा आधारित एमआई युआई १२ सफ्टवेयर उपलब्ध छ ।

फोनमा ४८ मेगापिक्सेल प्राइमरी क्यामेरासहित ट्रिपल रियर क्यामेरा छन् । त्यस्तै सेल्फीका लागि एमथ्री प्रोमा ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

यसमा साइड फिंगरप्रिन्ट र फेस अनलकको सुविधा रहेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ । जसले १८ वाट फास्ट चार्ज सपोर्ट गर्छ ।

नेपाली बजारमा पोको एमथ्री प्रोको मूल्य २३ हजार ९९९ रूपैयाँ राखिएको छ । यो फोन छिट्टै साओमीका आधिकारिक स्टोर तथा दराज र सस्तोडिलमा समेत उपलब्ध हुनेछ ।