आइतबार, १४ असोज, २०८०
Sunday, 01 October, 2023

ओप्पोले सार्वजनिक गर्‍यो अन्डर डिस्प्ले क्यामेरा प्रविधि, फुल स्क्रिनको अनुभव पाइने

ओपोले स्मार्टफोनका लागि नेक्स्ट जेनरेशनको अन्डर डिस्प्ले क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ । हार्डवेयर नवप्रबर्तन र ओपोको स्वामित्वका एआई अल्गोरिदमको संयुक्त उपयोग गरी अन्डर डिस्प्ले क्यामेरा बनाइएको हो । 

यसले प्रयोगकर्तालाई स्क्रिनको गुणस्तर र क्यामेराले खिच्ने दृष्यको गुणस्तरमा सटिक सन्तुलन र विना सम्झौता एकरुपता प्रदान गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार अन्डर स्क्रिन क्यामेरा माथीको स्क्रिन क्षेत्रमा देखिने अस्थिर डिस्प्ले गुणस्तर, क्यामेरालाई स्क्रिनले छोपेका कारण देखापर्ने न्यून गुणस्तरिय तस्विर तथा उत्पादनप्रतिको विश्वस्नियता र टिकाउपन लगायत समस्याका समाधान भएको छ । नयाँ अन्डर स्क्रिन क्यामेरा प्रविधिले फूल स्क्रिन अनुभवलाई नयाँ उचाई प्रदान गर्ने क्षमता बोकेको छ । 

ओपोको सटिक अल्गोरिदम कम्पेन्सेशन प्रविधिसंगको संयुक्त प्रयोगले समग्र स्क्रिनको क्रोम्याटिसिटी र प्रकाश माथिको नियन्त्रणको सटिकतालाई मात्र २ प्रतिशतको डेभिएशनमा सिमित गर्ने बताइएको छ ।

ई-बुक्स पढ्ने, समाचार ब्राउज गर्ने, म्याप्सको नेभिगेशन लगायत कार्यमा ओपोको नेक्स्ट जेनरेशनको अन्डर डिस्प्ले क्यामेरा प्रविधिले साना फन्ट्सको सटिक प्रदर्शनी, तथा टेक्स्चर र रंगको गुणस्तरमा समेत सटिकता प्रदर्शित गर्नेछ । 

ओपोले अन्डर—स्क्रिन क्यामेरा प्रविधिमा थप अनुकूलनका लागि हार्डवेयर डिजाइन र अल्गोरिदमिक प्रोसेसिङ क्षमता अन्तरगत आर एण्ड डीलाई निरन्तरता दिने जानकरी दिएको छ ।
 

सम्बन्धित समाचार