कीवर्डहरू -

यो वर्ष विद्युतीय भुक्तानी कारोबार वर्ष, पूर्वाधार र सचेतनाका कार्यक्रम गरिने

यो वर्ष विद्युतीय भुक्तानी कारोबार वर्ष, पूर्वाधार र सचेतनाका कार्यक्रम गरिने

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार वर्षका रूपमा मनाउने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो बताएको हो ।

नीतिमा भनिएको छ, ‘आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार वर्षका रूपमा मनाउन चालु आर्थिक वर्ष आवश्यक पूर्वधारको विकास र चेतना अभिवृद्धिमा जोड दिइने छ।’

नेपाल सरकारले प्राप्त गर्ने राजस्व र सबै प्रकारका भुक्तानी बैंकिङ तथा विद्युतीय भुक्तानीको माध्यमबाट गर्ने व्यवस्थाको लागि आवश्यक सहजीकरण गरिने राष्ट्र बैंकले जनाएको छ ।