कीवर्डहरू -

६० करोड डलर बढीको क्रिप्टोकरेन्सी चोर्ने ह्याकरलाई ५ करोड ९४ लाख दिने प्रस्ताव

६० करोड डलर बढीको क्रिप्टोकरेन्सी चोर्ने ह्याकरलाई ५ करोड ९४ लाख दिने प्रस्ताव

क्रिप्टोकरेन्सी प्लेटफर्म पोली नेटवर्कले ६० करोड अमेरिकी डलर बढी मूल्यको क्रिप्टोकरेन्सी चोर्ने एक ह्याकरलाई रकम फिर्ता गरे पुरस्कार दिने भएको छ । पोली नेटवर्कले ह्याक गरेको क्रिप्टोकरेन्सी फिर्ता गरे ५ करोड ९४ लाख रूपैयाँ अर्थात ५ लाख डलर बग बाउन्टी दिने प्रस्ताव गरेको हो ।

चोरी गरिएको मध्ये अधिकांश रकम फिर्ता भइसकेको छ । कम्पनीले चोरी भएको अधिकांश रकम फिर्ता गरेकोमा ह्याकरलाई ‘ह्वाइट ह्याट’ को नामले सम्बोधनसहित पोली नेटवर्कको सुरक्षा अझ मजबुत पार्न सघाएकोमा धन्यवाद दिएको छ ।

पोली नेटवर्कको प्रणालीको कमजोरीको फाइदा उठाएर क्रिप्टोकरेन्सी ह्याक गरिएको थियो । नेटवर्कले पैसा फिर्ता लिने प्रक्रिया पूर्ण रूपमा सम्पन्न हुने समय प्रतीक्षा गरिरहेको र आफूले ह्याकरसँगै काम गरिरहेको बताएको छ ।