कीवर्डहरू -

फोनपेबाट एक दिनमा १ अर्ब बढीको कारोबार

फोनपेबाट एक दिनमा १ अर्ब बढीको कारोबार

भुक्तानी सेवा प्रदायक फोनपेबाट हुने दैनिक कारोबार १ अर्ब पुगेको छ । फोनपे नेटवर्कबाट एक दिनमा १ अर्ब रुपैयाँ कारोबार भइरहेको कम्पनीले जनाएको छ ।

नेपालको डिजिटल भुक्तानी प्रणालीमै दैनिक एक अर्ब कारोबार ठूलो उपलब्धि भएको जनाएको छ । उसले यो एउटा नम्बरमात्र नभएर ठूलो उपलब्धि भएको जनाएको छ ।

फोनपेमा हाल १ करोड ३० लाखभन्दा बढी ग्राहक छन् । त्यस्तै, ५५ बढी बैंक तथा वित्तिय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार बढी व्यवसायी आवद्ध भएका छन् ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।

एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाईल एप्सबाट यसले सेवा प्रदान गर्दै आएको छ ।

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो ।