कीवर्डहरू -

साझा पेट्रोल पम्पमा अब क्यूआर कोड स्क्यान गरेर पैसा तिर्न सकिने

साझा पेट्रोल पम्पमा अब क्यूआर कोड स्क्यान गरेर पैसा तिर्न सकिने

एभरेष्ट बैंक लिमिटेडले साझाका पेट्रोल पम्महरुमा क्यूआर कोड सेवा उपलब्ध गराएको छ । यससँगै अब साझाका पेट्रोल पम्महरुमा क्यूआरबाट रकम भुक्तानी गर्न सकिने भएको छ ।

क्यूआर सेवाको शुरूवात एभरेष्ट बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले संयुक्त रुपमा गरेका हुन् ।

साझाका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ किनेपछि बैंकको क्यूआर कोडबाट भुक्तानी गर्दा रियल टाइममा नै साझाको पुल्चोक स्थित शाखामा रकम जम्मा हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।