कीवर्डहरू -

प्रतिबन्ध गरिएको सामग्री डिलिट नगरेको भन्दै गूगललाई रूसको ६४ लाख जरिवाना

प्रतिबन्ध गरिएको सामग्री डिलिट नगरेको भन्दै गूगललाई रूसको ६४ लाख जरिवाना

रुसले प्रतिबन्ध गरिएको सामाग्री डिलिट नगरेको भन्दै गूगललाई ४ मिलियन रबल अर्थात ६४ लाख ६९ हजार ४ सय ६१ नेपाली रुपैयाँ जरिवाना तिराउने भएको छ ।

गूगल र रुसको केही समय देखि एक अर्कासँग विवाद चलिरहेको छ । मस्कोले पटकपटक विभिन्न सामाजिक सञ्जालहरुलाई प्रतिबन्ध गरिएको सामाग्री डिलिट नगरेको भन्दै जरिवाना तिराउँदै आएको छ ।

त्यस्तै रूसले विदेशी प्रविधि कम्पनीहरुलाई पनि नियमित रुपमा रुसमै डेटा सेन्टर राख्न र कार्यालय खोल्न पनि लगाउने गर्दछ । गूगलले जरिवानाको सन्दर्भमा केही पनि बोलेको छैन् ।