कीवर्डहरू -

नेपालको आइसिटी क्षेत्रमा थुप्रै अवसरहरू छन्

नेपालको आइसिटी क्षेत्रमा थुप्रै अवसरहरू छन्

डिजिटल नेपाल फ्रेमवर्क बनेको छ र कार्यान्वयनमा छ । कार्यान्यनमा जाने क्रममा त्यही बेला कोरोनाको महामारी पनि आएको छ । कोरोना महामारीले कम असर गरेको र फाइदा लिन सक्ने क्षेत्र भनेको आइसिटी हो ।

आइसिटी क्षेत्र र इकमर्शलगायत यो क्षेत्रमा भएको विकासले यो बेला एकदमै फाइदा लिइरहेको छ । नेपालमा मात्रै होइन विश्वभर नै फाइदा लिएको छ ।

इ-कमर्श र आइसिटीले गर्दा अमेजनका मालिक जेफ बेजोस विश्वकै धनी व्यक्ति भए । कोरोमा माहामिरीले हाम्रो दैनिक जीवनलाई असर पारेको छ । तर आइसिटी क्षेत्रलाई असर पर्नुको सट्टा यसले फाइदा लिइरहेको छ ।

डिजिटल नेपालको इन्डेक्समा नेपाल पछाडि छ । मेरो विचारमा त्यसलाई स्वीकार गरेर नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क ल्याएको हो । तर यसको कार्यान्यनमा हुनु जरूरी छ ।

यो एउटा मन्त्रालयको मात्रै विषय होइन । यो सबै नेपाली र सबै सार्वजनिक निकायलाई काम लाग्ने विषय हो । यो अत्यन्तै महत्वपूर्ण पहल छ ।

यो पहललाई सबैले स्वीकार गरेर जाँदा यसले धेरै फाइदा लिन सक्छ भन्ने मलाई लाग्छ । आज पुरस्कृत भाइबहिनीको कुरा सुन्दा डिजिटल नेपालको जुन परिकल्पना छ ।

त्यो परिकल्पनाले मूर्त रूप लिन कहि न कहि पहुँच पुर्‍याएको भन्ने स्पष्ट हुन्छ । विशेष गरेर नेहा गिरीको निबन्ध, प्रभास सुवेदीको कविता, भाइहरूको आर्ट यी सबै सुन्दा यति मिठा छन् ।

कहिलेकाही साइन्स आइसिटी जस्ता विषय सुन्दा निरश लाग्छ । तर आज यहाँ सुन्दा यो निरश होइन सुन्दर छ त्यो सुन्दरतालाई लिन सक्नु पर्छ, प्रयोग गर्न सक्नुपर्छ । पुरस्कृत सम्पूर्ण भाइबहिनीहरूलाई बधाई छ ।

यहाँहरूले जुन एउटा क्रियटिभिटी देखाउनु भएको छ । अरूलाई पनि प्रेरित गर्ने जुन वातावरण सिर्जना गर्नुभएको छ । त्यो एकदमै ठूलो कुरा हो भन्ने मलाई लाग्छ । लाखौं करोडौं विद्यार्थीहरूमा त्यो पुग्छ भन्ने मलाइ विश्वास छ ।

नेपालको आइसिटी क्षेत्रमा थुप्रै अवसरहरू छन् । एउटा चाहिं बुझिराख्नुस् जुहाँ विकास छैन् त्यहाँ अवसर हुन्छ । नेपालमा अहिले धेरै अवसरहरू छ । त्यसलाई हामीले लिन सक्नु पर्छ ।

आइसिटीको विकास चाहिँ निजी क्षेत्रको पहलमा भएको हो तर सरकारले यसलाई अंगिकार गरेको छ । त्यसलाई कार्यान्वयन गर्दै जाँदा यसले राम्रो फाइदा देला भन्ने मलाई विश्वास छ । विद्यार्थीमा जाने सकारात्मक सन्देशले पनि केही योगदान गर्छ भन्ने मलाई लाग्छ ।

भिडियो

(गत शुक्रबार सोल्टी होटेलमा आयोजना भएको मेरो डिजिटल नेपाल मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनालेमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त  महेन्द्रमान गुरूङले व्यक्त गरेको विचारको सम्पादित अंश)