कीवर्डहरू -

लजिका बिन्सले मनायो चौथो वार्षिकोत्सव

लजिका बिन्सले मनायो चौथो वार्षिकोत्सव

लजिका बिन्सले आज अगष्ट १९ मा आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । यो एफवान सफ्ट इन्टरनेसनलको भगिनी कम्पनी पनि हो ।

लजिका बिन्स एक सफ्टवेयर विकास गर्ने कम्पनी हो र यसले केही वर्षदेखि ‘स्टार्टअप फर स्टार्टअप’ भन्ने नारासहित स्टार्टअपहरुलाई कस्टोमाइज सफ्टवेयर सहयोग गरिरहेको छ ।

लजिका बिन्सले अन्तर्राष्ट्रिय तथा स्थानीय ग्राहकलाई मात्र सहयोग गरिरहेको छैन, यसले आइडियाज टु प्रोडक्ट भएकाहरुलाई पनि सहयोग गरिरहेको छ । यो कम्पनी अमेरिका, सिगांपुर, भारत, बङ्ग्लादेश र जापानसँग आवद्ध भएर काम गरिरहेको छ ।

यो वर्ष कम्पनीले एफोर्डेवल र गुणस्तरीय डेभलपमेन्टको सेवा दिने उद्देश्यसहित कम्पनीले पाचौँ वर्षमा प्रवेश गरेको छ । अहिलेको महामारीका कारणले लजिका बिन्सले भर्चुअल माध्यमले वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा लजिका बिन्सका प्रमुख कार्यकारी अधिकृत कैलाश श्रेष्ठले कम्पनीको प्रगति, भविष्यको लक्ष्य, प्रमुख काम र कोरोना महामारकिा बीच कम्पनीले गएका वर्षमा गरेका कामका बारेमा उल्लेख गरेका थिए ।

यस कार्यक्रममा कम्पनीको परिमार्जित वेबसाईटलाई पनि सफ्ट लञ्च गरिएको थियो । यो वेबसाईटमा निःशुल्क डेमो र ग्राहकहरुलाई थप जानकारीका लागि फिचरहरु राखिएको छ ।

लजिका बिन्स आफ्नो कर्मचारीमा गर्व गर्दै उनीहरुको प्रगति र नयाँ आउने कर्मचारी स्वागत गर्न तत्पर रहेको जनाएको छ । यस प्रोग्राममा कम्पनीले लामो समय देखिका कर्मचारी र नयाँ आउने कर्मचारीहरुलाई सम्मानित पनि गरेको थियो ।

कार्यक्रममा त्यसपछि निर्देशक र मुख्य सदस्यहरुले आफ्नो चार वर्षको अनुभव साटेका थिए । टिमले भर्चुअल माध्यमबाटै केही रमाइलो खेलहरु पनि खेलेका थिए ।

कार्यक्रममा कर्मचारी, सरोकारवालाहरु र साझेदारहरुलाई उनीहरुको मिहिनेत र सहयोगका लागि धन्यवाद स्वरुप पुरस्कार प्रदान गरिएको थियो । सिईओ र एचआर डिपार्टमेन्टले केक काटेर कार्यक्रमको समापन गरिएको थियो ।

चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक सञ्जालका दर्शकका लागि ‘पार्टिसिपेट एण्ड विन’ प्रतियोगिता पनि आयोजना गरेको थियो ।

यो प्रतियोगिता सबैका लागि खोलिएको थियो र एक जना भाग्यमानी सहभागीले लजिका बिन्सको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर पाउने मार्केटिङ  म्यानेजर निरेन श्रेष्ठले जनाएका छन्।