कीवर्डहरू -

कोर बैंकिङ सिस्टम स्तरोन्नति गर्दै ग्लोबल आईएमई बैंक, सेवा अवरूद्ध हुन सक्ने 

कोर बैंकिङ सिस्टम स्तरोन्नति गर्दै ग्लोबल आईएमई बैंक, सेवा अवरूद्ध हुन सक्ने 

ग्लोबल आईएमई बैंकले कोर बैंकिङ सिस्टमलाई स्तरोन्नति गरी फिनाकल भर्सन १०.२.२५ सञ्चालनमा ल्याउने भएको छ ।

बैंकले एक सूचना प्रकाशित गर्दै यस प्रायोजनका लागि शुक्रबार दिउँसो ३ बजेदेखि सिस्टम अपग्रेडको कार्य सम्पादन हुने र सोमबारदेखि फिनाकलको लेटेस्ट भर्सनबाट कारोबार सुचारू हुने जानकारी दिएको छ ।

सिस्टम अपग्रेडको समयमा ग्राहकको मागलाई ध्यानमा राखी इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘सिस्टम अपग्रेडको समयमा यस्ता माध्यमबाट हुने कारोबारमा केही समस्या देखिएमा सो का लागि क्षमाप्रार्थी छौं । ’

\"\"