कीवर्डहरू -

ट्वीटरको डाईरेक्ट म्यासेजमा नयाँ सुविधा

ट्वीटरको डाईरेक्ट म्यासेजमा नयाँ सुविधा

ट्वीटरको आफ्नो डाईरेक्ट मेसेज अप्सनमा विभिन्न अपडेटहरु ल्याएको छ । यो फिचर आउँदो हप्तामा रोलआउट हुनेछ । यस फिचरसँगै प्रयोगकर्ताले एउटै ट्वीटलाई २० ओटा भिन्दा भिन्दै अकाउन्टबाट सेयर गर्न सक्नेछन् ।

यो फिचर अहिलेका लागि आईओएस र वेब प्रयोगकर्ताहरुका लागि उपलब्ध भएको छ र एन्ड्रोइडमा चाँडैनै उपलब्ध हुनेछ । कम्पनीले मोबाइलमा छिटो स्क्रोल गर्न मिल्ने बटन पनि ल्याएको छ जसले गर्दा सबैभन्दा पछिल्लो मेसेजमा छिटो पुग्न सकिन्छ ।

आईओएस प्रयोगकर्ताहरुकोमा ट्वीटरले मेसेजहरुलाई पठाइएको समय अनुसारले सूचिवद्ध गरिदिने गर्दछ । त्यस्तै अरुको म्यासेजमा प्रतिक्रिया दिन नयाँ रियाक्सन पिकर नामक फिचर पनि आएको छ ।