कीवर्डहरू -

मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा बागमती प्रदेश अगाडि

मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा बागमती प्रदेश अगाडि

प्रतिखाता एटिएम, मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा बागमति प्रदेश अगाडि रहेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको नेपालमा वित्तिय पहुँच सम्बन्धि अध्ययन प्रतिवेदनमा प्रतिखाता एटीएम, मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगमा बागमति प्रदेश अगाडि देखिएको हो ।

बागमति प्रदेशमा प्रतिखाता २६.६६ प्रतिशत एटीएम प्रयोगकर्ता, ३३.१२ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता र ६.४० प्रतिशत इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेका छन् ।

सबैभन्दा कम प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा रहेका छन् । जहाँ १४.५० प्रतिशत प्रतिखाता एटीएम प्रयोगकर्ता छन् । त्यस्तै प्रतिखाता मोबाइल बैंकिङ प्रदेश २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको पाइएको छ ।

महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७.२८ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेका छन् । गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत रहेका छन् ।

प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत रहेको तथ्यांकमा देखिएको छ । उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको छ ।

युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको प्रयोग बढ्दै जाने राष्ट्र बैंकले जनाएको छ ।