कीवर्डहरू -

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । साउन २७ देखि ३१ गतेसम्म निष्काशन भएको आईपीओ सोमबार बिहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बाँडफाँट भएको हो ।

लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जना आवेदन परेको थियो । जसमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ ।

गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन्  । ति मध्ये ३ जना आवेदकले ११ कित्ता शेयर पाएका छन् ।

यस्तो छ रिजल्ट हेर्ने तरिका

सानिमा लाइफको आईपीओको नतिजा अनलाइनबाटै थाहा पाउन सकिन्छ । नतिजा बिक्री प्रबन्धक एसबीआई मर्चेन्टको वेबसाइट , सिडीएससीको मेरो शेयर र सिडीएसको आईपीओ रिजल्ट वेबसाइट बाट हेर्न सकिने छ ।