कीवर्डहरू -

गूगल क्रोममा भेटिए सात उच्च सुरक्षा कमजोरी

गूगल क्रोममा भेटिए सात उच्च सुरक्षा कमजोरी

गूगलले क्रोममा सात ओटा उच्च जोखिम भएको सुरक्षा खतराहरु भेटाएको छ । गूगल क्रोमको करिब २ अर्ब प्रयोगकर्ता रहेका छन् । वेब ब्राउजरको बजारलाई गूगल क्रोमले धेरै रुपमा ओगटेको छ । उच्च जोखिमको अवस्था विन्डोज, लाइनक्स र म्याक ओएसमा भएको देखिएको छ ।

के के कुरामा समस्या आएको छ भनेर गूगलले खासै खुलाउन खोजेको छैन् किनभने यसले ह्याकरहरुलाई झनै बढी मौका दिन सक्छ । यी दुई महिना भित्रै गूगलले चौथो अपग्रेडको चेतावनी जारी गरेको छ । भि एट, वेब आरटिसी र एङ्गलमा समस्या आएको विज्ञहरुले अनुमान गरेका छन् ।

भि एट भनेको क्रोमको ओपन सोर्स जाभा स्क्रीप्ट इन्जिन हो । वेब आरटिसीले वास्तविक समयामानै ब्राउजर र मोबाइल एपको बिचमा अडियो तथा भिडियो स्ट्रीमिङ डेटा ट्रान्सफर गर्न दिने गर्दछ र एङ्गल भनेको गूगलको ओपन सोर्स क्रस प्लेटफर्म ग्राफिक्स इन्जिन एब्स्ट्राक्सन लेयर हो ।

यी सबैलाई मिलाएर लक्षित कम्प्यूटरलाई नियन्त्रणमा लिन सकिन्छ । डेटा ब्रिचबाट बाच्ँन क्रोम प्रयोगकर्ताहरुले सेटिङ्गमा गएर हेल्पमा जाने र अबाउट गूगल क्रोममा जान सकिन्छ ।अबाउटले तपाइलाई क्रोम अपडेट र रिस्टार्ट गर्न भन्न सक्छ ।