कीवर्डहरू -

बैंकहरुले भदौ मसान्तसम्म गुनासो पोर्टल लिंकलाई अनिवार्य आफ्नो वेबसाइटमा राख्नुपर्ने  

बैंकहरुले भदौ मसान्तसम्म गुनासो पोर्टल लिंकलाई अनिवार्य आफ्नो वेबसाइटमा राख्नुपर्ने  

बैंक तथा वित्तीय संस्थाले ग्राहकको गुनासो सिधै नेपाल राष्ट्र बैंकसम्म पुग्ने गुनासो पोर्टललाई आफ्नो वेबसाइटमा लिंक अनिवार्य राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले gunaso.nrb.org.np को लिंकलाई हरेक बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा भदौ मसान्तसम्म राख्न भनेको हो ।

‘बैंक तथा वित्तीय संस्थाका काम कारवाहीसम्बन्धी गुनासोको सुनुवाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाले यस बैंकको गुनासो पोर्टल gunaso.nrb.org.np को लिङ्क आफ्नो वेबसाइटमा २०७८ भदौ मसान्तभित्र राखिसक्नु पर्नेछ,’ राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई जारी गरेको संसोधित निर्देशिकामा उल्लेख गरेको छ ।

केही समयअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका हरेक ग्राहकको गुनासो सिधै केन्द्रमा सुन्ने गरी उक्त पोर्टल सुरु गरेको थियो ।