कीवर्डहरू -

अपाङ्गता भएका व्यक्तिका लागि आकस्मिक सेवामा सहयोग पुग्ने एप ‘बचाउ’

अपाङ्गता भएका व्यक्तिका लागि आकस्मिक सेवामा सहयोग पुग्ने एप ‘बचाउ’

अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी ‘बचाउ’ नामक मोबाइल एप सार्वजनिक भएको छ । युएसएआइडीको तयार नेपाल परियोजनाको सहयोगमा अतुल्य फाउण्डेसनले उक्त एप तयार पारेको हो ।

बचाउ एप सुस्त श्रवण भएका व्यक्तिलाई लक्षित निमार्ण गरिएको हो । यो एपले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई आकस्मिक सेवामा सहयोग पुग्ने बताइएको छ ।

सुस्त श्रवण भएका व्यक्तिले आफूलाई परेको समस्याका बारेमा एपबाट प्रहरी, दमकल वा एम्बुलेन्सलाई जानकारी गराउन सक्ने गरी बनाइएको छ ।

एपबाट सहयोगका लागि अपील गर्दा प्रहरीले सहयोग आवश्यक पर्ने व्यक्ति रहेको वा घटना भएको स्थानसमेत जानकारी पाउने भएकाले सहजिकरणका लागि छिटो हुने अपेक्षा गरिएको छ ।

बेटा भर्सनमा उपलब्ध बचाउ एप चाँडै नै परिस्कृत गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याइने फाउण्डेसनले जनाएको छ ।