कीवर्डहरू -

लर्न इन्फिनिटीका अनलाइन कोर्सहरु अब निमा एकेडेमीमा पनि उपलब्ध हुने

लर्न इन्फिनिटीका अनलाइन कोर्सहरु अब निमा एकेडेमीमा पनि उपलब्ध हुने

निमा एकेडेमी र लर्न इन्फिनिटी बीच सहकार्य भएको छ l यससँगै अब लर्न इन्फिनिटीका अनलाईन कोर्सहरु निमा एकेडेमीको वेबसाइट तथा एपमा उपलब्ध हुने भएका छन् l

उक्त सहमतिपत्रमा निमा एकेडेमीकी सीओओ नेहा जोशी र लर्न इन्फिनिटीकी संस्थापक अदिती गोयलले गरेकी हुन् ।

सहमति पत्रमा हस्ताक्षर गर्दै दुवैले एक-अर्कालाई सहयोग गर्ने र संगै आघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् l यो साझेदारीले निमा एकेडेमी र लर्न इन्फिनिटी दुवैलाई सहयोग पुग्ने र फाइदा हुने विश्वास गरिएको छ ।

लर्न इन्फिनिटीका वास्तविक जिवनमा उपयोगी कला तथा कौशल र व्यक्तिगत विकासका शैक्षिक सामग्रीहरु अब निमा एकेडेमीमा अध्ययन गर्न सकिने छ l

अहिलेको शिक्षा प्रणालीले हामीलाई जागिर खान र परिक्षामा राम्रो अंक ल्याउन मात्र सिकाएको र अरु जीवन उपयोगी कुराहरू केहि नसिकाएको लर्न इन्फिनिटीका संस्थापक अदिति गोयलले बताइन् l

‘शिक्षामा यही कमी पुरा गर्न लर्न इन्फिनिटीले समग्र व्यक्तिगत विकासका शैक्षिक सामग्रीहरु लिएर आएको छ,’ उनले भनिन् ।

कला, कौशल र रचनात्मकता, स्वस्थ र पोषण, सम्बन्ध, बालापन, किशोरावस्था अनि अबिभावाकत्व, मन र आत्मा अनि क्यारियर र उत्पादकत्व आदि विषयमा आधारित शैक्षिक सामग्रीहरुद्वारा समग्र व्यक्तिगत विकास हुने विश्वास लर्न इन्फिनिटीको रहेको छ l

लर्न इन्फिनिटीले व्यक्तिको समग्र विकासमा सहयोग पुर्याउने विश्वास गोयेलको छ l निमा एकेडेमीले स्कुल र कलेजका कोर्सहरु मात्र नभएर समग्र रुपमा सबैलाई हुने खालको शैक्षिक सामग्रीहरु पनि लिएर आउने योजना बनाएको छ l हाल निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरु रहेका छन् ।

आउँदा दिनहरुका लागि कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्सहरू पनि राख्ने तयारी गरिएको छ l निमा एकेडेमीको कोर्सहरूमा भिडियो, आर्टिकल, क्विज, टेस्ट, असाइन्मेन्ट तथा गेमहरू समावेश गरिएको छ l

हालसालै निमा एकेडेमीले विस्टिमसँग सहकार्य गर्दै विस्टिमका कोर्सहरु पनि उपलब्ध गराएको थियो l  यो सांझेदारीले निमा एकेडेमी र लर्न इन्फिनिटी दुवैलाई सहयोग पुग्ने र फाइदा हुने विश्वास निमा एकेडेमी र लर्न इन्फिनिटी दुवैको रहेको छ l सहमति पत्रमा हस्ताक्षर गर्दै दुवैले एक-अर्कालाई सहयोग गर्ने र संगै आघि बढ्ने दृढता व्यक्त गरेका छन् l