कीवर्डहरू -

१६०० रूपैयाँमा भायानेटको ८० एमबीपीएस इन्टरनेट, टिभी र एनसेलको ४८ जीबी डेटा

१६०० रूपैयाँमा भायानेटको ८० एमबीपीएस इन्टरनेट, टिभी र एनसेलको ४८ जीबी डेटा

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले एनसेलसँगको सहकार्यमा ‘भायानेट पर्पल प्याक’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले इन्टरनेट, टीभी र मोबाइलको लागि अल इन वान सेवा तथा सुविधा पाउनेछन् ।

मासिक १६०० रूपैयाँमा उपलब्ध हुने यस अफरमा भायानेटको ८० एमबीपीएस सुपर स्पीड इन्टरनेट र १७५ भन्दाबढी च्यानल भएको भाया टिभी पाइने छ ।

साथै एनसेलको ४८ जीबी मोबाइल डेटा भएको निःशुल्क सीमसहित फ्री टकटाइम र एसएमएस लगायतका सुविधाहरू पाइने कम्पनीले जनाएको छ ।

सीममा एनसेल देखि एनसेल नेटर्वकमा कुरा गर्न ५० मिनेट  टक टाइम पाइने छ भने ५० एसएमएस उपलब्ध हुनेछन् । यो सुविधा हाललाई काठमाडौं उपत्यकामा मात्र उपलब्ध हुनेछ । भायानेटको पर्पल प्याक अफरको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।