कीवर्डहरू -

केन्ट सुप्रिम एक्स्ट्रा वाटर प्युरिफायर नेपाली बजारमा

केन्ट सुप्रिम एक्स्ट्रा वाटर प्युरिफायर नेपाली बजारमा

सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएलले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर नेपाली बजारमा भित्र्याएको छ ।

यो नयाँ वाटर प्युरिफायरको मूल्य ३३ हजार ९९० रूपैयाँ रहेको ईओएलले जनाएको छ । नेपालभरका सबै प्रमुख रिटेल आउटलेटहरुबाट उपलब्ध यो प्युरिफायर शतप्रतिशत शुद्ध प्रिमियम र एक्स्ट्रा सुविधाहरु भएको कम्पनीले जनाएको छ ।

यसले अल्कलाइन सहितको पिउने पानी प्रदान गर्ने जसले पीएचको स्तर ८.५ देखि ९.५ को बिचमा सुनिश्चित हुने कम्पनीले जनाएको छ ।

यस प्युरिफायरले आरओ प्लस यूभी प्लस यूएफ प्लस टीडीएस नियन्त्रणको बहु शुद्धिकरण प्रक्रिया प्रयोग गर्ने र यूभी डिसइन्फेक्सन टेक्नोलोजीले शुद्ध पानीलाई भण्डारण ट्याङ्कीमा लामो समयसम्म शुद्ध राख्ने कम्पनीको दावी छ ।