कीवर्डहरू -

‘वेब आरटिसी यूजिङ अमेजन चाइम’ विषयमा वेबिनार आयोजना हुँदै

‘वेब आरटिसी यूजिङ अमेजन चाइम’ विषयमा वेबिनार आयोजना हुँदै

टेक वेबिनारले ‘वेब आरटिसी यूजिङ अमेजन चाइम’ विषयमा वेबिनार आयोजना गर्ने भएको छ । यो वेबिनार नेपाली समयानुसार आईतबार साँझ ७ बजे देखि शुरू हुनेछ । यो टेक वेबिनारको ३२ औँ श्रृङ्खला हो ।

कार्यक्रममा वक्ताको रुपमा प्यानडेलाईटिक टेक्नोलोजी प्रालिकी सहसंस्थापक सबिता थापा हुने छन् । उनले वेब आरटिसी, अमेजन चाइम र चाइम एसडिकेको उपयोग गरी एकीकरण जस्तो विषयमा छलफल गर्ने आयोजकले बताएको छ ।

टेक वेबिनारले समयसमयमा यस्तो कार्यक्रमहरु प्राविधिक क्षेत्रको विकासका लागि गर्दै आएको छ । कार्यक्रममा जोडिन यो लिकं क्लिक गर्न सकिन्छ र यो कार्यक्रम फेसबुक डटकम/टेक वेबिनार बाट पनि लाइभ प्रशासरण गरिनेछ ।