कीवर्डहरू -

एप्पलले आईफोन १२ को ब्रिगिएको एयरपिस निःशुल्क मर्मत गरिदिने

एप्पलले आईफोन १२ को ब्रिगिएको एयरपिस निःशुल्क मर्मत गरिदिने

एप्पलले अब आईफोन १२ को ब्रिगिएको एयर पिस निःशुल्क मर्मत गरिदिने भएको छ । नाइन टू फाइभ म्याकको रिपोर्ट अनुसार एप्पलले आईफोन १२ र १२ प्रो प्रयोगकर्ताका लागि मर्मत कार्यक्रम ल्याएको छ ।

केही प्रयोगकर्ताको एयर पिसमा कलको क्रममा आवाज नगएको पाइएको थियो । फोन अक्टोबर २०२० र अप्रिल २०२१ को बिचमा निर्माण भएमा मात्रै यो मर्मत कार्यक्रममा सहभागी हुन पाइनेछ ।

विक्री पछि दुई वर्ष भित्र बिग्रिएकाले मात्रै मर्मत गर्न पाउनेछन् । यो पहलमा आईफोन १२ मिनी र १२ प्रो म्याक्स भने पर्दैनन् । यो आईफोन १२ का लागि पहिलो मर्मत कार्यक्रम हो ।