कीवर्डहरू -

बालबालिकाको सुरक्षाका लागि जन्मदिन अनिवार्य रुपमा सेयर गर्नु पर्ने फिचर ल्याउँदै इन्स्टाग्राम

बालबालिकाको सुरक्षाका लागि जन्मदिन अनिवार्य रुपमा सेयर गर्नु पर्ने फिचर ल्याउँदै इन्स्टाग्राम

इन्स्टाग्रामले किशोर अवस्थाका बालबालिकाहरुको सुरक्षाका लागि प्रयोगकर्ताहरुलाई आफ्नो जन्मदिन सेयर गर्नु पर्ने बनाउने भएको छ । यो अपडेटले एपलाई प्रयोगकर्ताको उमेर पत्ता लगाएर अनलाइन उत्पीडनबाट बचाउन मद्दत पुर्‍याउने बताइएको छ ।

सन् २०१९ देखिनै नयाँँ प्रयोगकर्ताहरुलाई इन्स्टाग्रामले साइन अप गर्दा आफ्नो जन्मदिन पनि हाल्न लगाउन थालेको छ । तर त्यो भन्दा पहिलै अकाउन्ट भएकाहरुले यो जानकारी सेयर नगर्ने हुँदा अबको आउँदो हप्ताहरुमा जन्मदिन हाल्न भनेर एपमा प्रम्प्ट आईरहनेछ ।

सुरुमा त्यो नोटिफिकेसनलाई हटाए पनि पछि एपले अनिवार्य रुपमा त्यो जानकारी हाल्न लगाउनेछ । एपले धेरै चोटिसम्म जन्म मिति माग्नेछ र संवेदनशील कन्टेन्ट हेर्न खोज्दा पनि त्यही प्रम्प्टनै आउनेछ ।

चिकित्सा प्रक्रिया र अरु कन्टेन्टहरु हेर्न पनि उमेर हाल्नैपर्ने हुन्छ । झुठो जन्मदिन हालेको हो की भनेर जाँच गर्न कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्नेछ ।

गलत जस्तो लागेमा प्रयोगकर्तालाई फेरि आफ्नो उमेर भेरिफाई गर्न लगाइनेछ । केही दिन अघि अपरिचित मान्छेहरुलाई किशोर अवस्थाको बालबालिकालाई मेसेज गर्नबाट रोक्नका लागि पनि इन्स्टाग्रामले फिचर ल्याएको थियो ।