कीवर्डहरू -

ट्वीटरमा स्पेसेजबाट अब पैसा कमाउन सकिने 

ट्वीटरमा स्पेसेजबाट अब पैसा कमाउन सकिने 

ट्वीटरमा अब प्रयोगकर्ताहरुले स्पेसेजबाट पैसा कमाउन सक्ने भएका छन् । ट्वीटरले स्पेसमा सःशुल्क टिकेटको फिचर परिक्षण गरिरहेको छ । अहिलेका लागि कम्पनीले यो फिचर आईओएसमा मात्रै परीक्षण गरिरहेको छ ।

यो फिचर जुन देखिनै जाँचका लागि उपलब्ध रहेको छ । आईओएस प्रयोगकर्ताले निवेदन दिएर यो फिचर जाँच गर्न सक्ने जनाइएको छ ।

यो फिचरमा होस्टले सहभागीहरुसँग पैसा उठाउन सक्ने छन् । यसमा १ देखि ९९९ डलरसम्म शुल्क लिन सकिने छ । स्पेसेज होस्टले ९७ प्रतिशत आम्दानी लिन पाउने छन् ।

होस्टलेनै आफ्नो बैठक धेरै मान्छेको गर्ने की थोरैको भनेर निर्धारण गर्न सक्ने कम्पनीले जनाएको छ । हालैको ट्वीटर अपडेटले तपाईले फलो गरेको मान्छे कुन स्पेसेजमा जोइन गरिरहेको छ भनेर थाहा पाउन सकिन्छ ।