कीवर्डहरू -

खल्तीबाट अब कुनैपनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

खल्तीबाट अब कुनैपनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

खल्ती डिजिटल वालेट बाट अब निःशुल्क कुनै पनि सहकारी अर्थात कोअपरेटिभको खातामा पैसा पठाउन सकिने भएको छ ।

खल्तीले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको हो ।

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् ।

त्यसैगरी प्रत्येक महिनाको अधिकतम १० पटक वा लाख ५० हजारसम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनैपनि सहकारी खातामा ट्रान्सफर गर्न सकिने खल्तीले जनाएको छ ।

खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुने पनि खल्तीले जनाएको छ ।

नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफरमा सहभागी हुन सकिने खल्तीले जनाएको छ ।

खल्ती सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिङका वरिष्ठ अधिकारी रोनिका श्रेष्ठले खल्तीबाट घरमै बसी सहकारी संस्थाहरुमा पैसा डिपोजिट गर्न वा सहकारीको ऋण तिर्न सकिने सुविधाबाट ग्राहकहरुको अमूल्य समय बचाउन सक्ने बताइन् ।