कीवर्डहरू -

आई पे रेमिटको टिकटक च्यालेन्ज, भिडियो बनाएर २० हजार जित्न सकिने

आई पे रेमिटको टिकटक च्यालेन्ज, भिडियो बनाएर २० हजार जित्न सकिने

रेमिट्यान्स कम्पनी आई पे रेमिटले तीजलाई लक्षित गरी टिकटक च्यालेञ्ज गर्ने घोषणा गरेको छ । भदौ १४ गतेबाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाइ अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ ।

भदौ २४ गतेसम्ममा संचालन हुने यस टिकटक च्यालेञ्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्रमार्फत बम्पर क्यास २० हजार जित्ने मौका पाउनेछन् ।

यस च्यालेञ्जमा सहभागी हुने मध्ये दैनिक ५ जनाले लक्की ड्रमार्फत ५ सयको टपअप पनि पाउने र सर्वाधिक लाइक पाएका एक प्रतियोगीले नगद १० हजार जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

मलेसिया, जापान लगायत विश्वका विभिन्न मुलुकबाट रकम ल्याइरहेको आई पे रेमिटले रियल टाइम एकाउन्ट डिपोजिट सुविधा साथै नेपालभर छरिएर रहेको १२ हजार प्लस भुक्तानी काउन्टरबाट ग्राहकहरुलाई सुविधा दिँदै आइरहेको छ ।