कीवर्डहरू -

डिशहोमले नेपाल र पिएनजीबीच हुने ओडीआई सिरिजको प्रत्यक्ष प्रशारण गर्ने

डिशहोमले नेपाल र पिएनजीबीच हुने ओडीआई सिरिजको प्रत्यक्ष प्रशारण गर्ने

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र पिएनजी बीच हुने एक दिवसीय अन्तराष्ट्रिय सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सिरिजका दुई खेल आगामी भदौ २२ र २५ गते हुने जनाइएको छ । सिरिजको एक खेल दिनमा हुनेछ भने दोस्रो खेल नेपालको पहिलो दिन र नाइट ओडीआई खेल हुनेछ ।

यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्सन स्पोर्ट्स एचडी वान र डिशहोम गो ओटीटी एप मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।