कीवर्डहरू -

स्टोरी फिचर बन्द गर्दै लिंक्डइन

स्टोरी फिचर बन्द गर्दै लिंक्डइन

लिंक्डइनले एक वर्ष पछि आफ्नो स्टोरी फिचर बन्द गर्ने भएको छ । कम्पनीले सन् २०२२ सेप्टेम्बरको अन्त्यसम्ममा यो फिचर बन्द गर्ने भएको हो ।

२४ घण्टामा डिलिट हुने पोस्ट सबै सामाजिक सञ्जाललाई नमिल्ने देखिएको जनाइएको छ । लिंक्डइनका अनुसार एपको प्रयोगकर्ताहरुले सधैँभरी आफ्नो प्रोफाइलमा रहिरहने खालको कन्टेन्ट चाहेकाले यो फिचर हटाइएको हो ।

कम्पनीले लिंक्डइनमा पनि केही अनौपचारिक कन्टेन्ट राख्न चाहनेहरुलाई लक्षित गरेर यो फिचर ल्याएको थियो तर एपमा स्टोरी फिचरको असफलता पछि यो फिचर हटाउन लागिएको हो । प्रयोगकर्ताहरुले स्टोरिमा भएको टूलहरु प्रयोग गर्न भने रुचाएको कम्पनीको भनाइ छ ।

यस कारणले अब प्रोफाइलका निम्ति बनाइएको व्यवसायिक भिडियोमा स्टोरीको केही सिर्जनात्मक टूल प्रयोग गर्न पाइनेछ । स्नापच्याट, इन्स्टाग्राम जस्ता एपमा स्टोरीको सफलता देखेर यो फिचर धेरै ओटा एपले उपलब्ध गराएका थिए ।

युट्युब, फेसबुक जस्तो एपहरुमा पनि यो फिचर सफल भएता पनि ट्वीटरले फ्लीट भन्ने स्टोरी फिचरलाई सार्वजनिक गरेको नौ महिना पछि बन्द गरेको थियो ।