कीवर्डहरू -

ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्रीका फिचर अब पुराना फोल्डेबल फोनमा पनि उपलब्ध हुने

ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्रीका फिचर अब पुराना फोल्डेबल फोनमा पनि उपलब्ध हुने

सामसङले ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्रीको फिचर अरु पुरानो फोल्डेबल फोनहरुमा पनि उपलब्ध गराएको छ । यससँगै अब प्रयोगकर्ताहरुले सफ्टवेयर अपडेट पाउनका लागि ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्री किन्नु नपर्ने भएको छ ।

सामसङले वान यूआई ३.१.१ अपडेट रोलआउट गर्दैछ, जसले फोनको मल्टिटास्क गर्ने फिचर र एपको साइज मिलाउन मिल्ने फिचर फोल्ड, फोल्ड २, फ्लिप र फ्लिप फाइभ जीमा पनि उपलब्ध हुनेछ ।

फोल्डेबल फोनको ट्याबलेट जस्तै स्क्रीन भएकाले मल्टि एक्टिभ विन्डो अझै राम्रो तरीकाले प्रयोग गर्न पाइन्छ । एपहरुलाई प्रयोगकर्ताहरले रिसाईज र रोटेट गर्न सक्नेछन् ।

त्यस्तै आफूलाई मनपर्ने एपलाई पिन पनि गर्न सक्नेछन् र कभर स्क्रीनमा इन्टर्नल डिस्प्ले पनि देखाउन सक्नेछन् । त्यस्तै ड्रयाग एण्ड स्पलीट भन्ने अप्सनले सामसङ फोल्डेबलका उपभोक्ताहरुलाई  पहिले खुलेको एप पनि नयाँ विन्डो खोल्न दिने गर्दछ ।

फोन अलिकति फोल्ड गरेको अवस्थामा पनि फ्लेक्स मोड प्रयोग गरेर मिडिया कन्ट्रोल प्रयोग गर्न पाइन्छ । यसले पुरानो फोल्डेबर फोनहरुको प्रभावकारिता अझै बढाउने कम्पनीले विश्वास गरेको छ ।