कीवर्डहरू -

अन्तर्राष्ट्रिय ब्राण्ड इन्टेक्सका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा

अन्तर्राष्ट्रिय ब्राण्ड इन्टेक्सका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा

अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा उपलब्ध हुने भएका छन् । इन्टेक्स ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता रिसिक ट्रेडिङ कन्सर्न प्रालि रहेको छ ।

इन्टेक्स ब्राण्ड नेपाली नायिका करिस्मा मानन्धरले आधिकारिक रूपमा भित्र्याएकी हुन् । रिसिक ट्रेडिङ कन्सर्नकी म्यानेजिङ डाइरेक्टर मानन्धारले सो ब्राण्ड उपभोक्ताको रोजाई बन्ने विश्वास व्यक्त गरिन् ।

२५ वर्ष अघि सो ब्राण्डको सामान नेपाल भित्रिए पनि होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारीक रुपमा पहिलो पटक नेपाल भित्रिएका हुन् ।

आठ वर्ष पहिले यस कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको थियो । इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले उक्त ब्राण्डको गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको बताए । इन्टेक्स ब्राण्डका सामानको एक वर्ष देखि दश वर्षसम्म वारेन्टी रहेकोमा अग्रवालले जोड दिए ।

कम्पनीले देशभर आफ्नो सर्भिस सेन्टरको स्थापना गरिसकेको छ । आफ्नो उद्देश्य उपभोक्ताले कुनै पनि पछुतो मान्नु नपर्ने किसिमले सेवा दिने रहेको इन्टेक्स ब्राण्डका कन्ट्रि म्यानेजर विनय जोशीको भनाइ छ ।