कीवर्डहरू -

टेक्नोप्रेनर प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि

टेक्नोप्रेनर प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि

ग्लोकल प्रालि आयोजना गरेको ‘ग्लोकल टीन हिरो २०२१’ को उपाधि प्राञ्जल चालिसेले जितेका छन् । वाई वाई ग्लोकल टिन हिरो सातौं संस्करणको उपाधी टेक्नोप्रेनर प्राञ्जल चालिसेले जितेका हुन् ।

शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा बुधबार अनलाइन कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल २०२१ को घोषणा गरिएको हो ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीमा युट्युबर अनुराग चापागाईं, सामाजिक उद्यमी दीपक सुतिहार, वन्यजन्तु संरक्षणवादी खुस्बु भण्डारी, सामाजिक अभियन्ता नेहा गुरुङ, र टेक्नोप्रेनर प्राञ्जल चालिसे पुगेका थिए ।

प्राञ्जलले दृष्टि नेपालको आविष्कार गरी दृष्टि विहिन समुदायलाई मुद्रा बिल पहिचान र नगद लेनदेनमा मद्दत गरिरहेका छन । त्यसैगरी उनले कृषि समाचार र प्रामाणिक स्रोतहरु बाट जानकारी प्रदान गर्ने एक मोबाइल एप निर्माण गरेका छन् जसबाट किसानहरुलाई मद्धत मिलेको छ ।

महिलाहरुको सुरक्षा सुनिश्चित गर्न एवम सुरक्षा कारणहरुका कारण अवसरहरुबाट वञ्चित हुन नपरोस भन्नका लागि उनले एक महिला सुरक्षा एप पनि निर्माण गरेका छन् ।

उनका अन्य दुई शैक्षिक एपहरु छन् जसमा ७५०० प्रयोगकर्ताहरु छन । प्रान्जलले एक गैर नाफामुखी टेक्नोलोजी उद्यम ‘ई-शिक्षिका नेपाल’ को शुरुवात गरेका छन, जसले अनलाइन शिक्षाको गुणस्तर बढाउने तथा शैक्षिक स्रोतहरुलाई अझ सुलभ बनाउन मद्धत गर्दछ ।

उनी नेपाल फाउन्डेसन इनिसिएटिभ बोर्डको सदस्य हुन् । हाल ब्लकचेन टेक्नोलोजी र स्मार्ट ठेक्काहरु र टेक्नोलोजिकल उन्नतिले विस्तारित लेनदेन प्रक्रियाहरुको लागतलाई कम गर्न को लागी के गर्न सकिन्छ भन्ने अनुसन्धानमा काम गरिरहेका छन।

ग्लोकल टिन हिरोमा देशभरिका किशोर किशोरीहरुबाट  कुल  ६११  आवेदन आएको थियो ।  यस बर्षको निणर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसाय विकास निर्देशक विधुसी राणा, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी र  ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष सौरभ ज्योति रहेका थिए ।