कीवर्डहरू -

ओप्पो ए १६ नेपाली बजारमा सार्वजनिक, कति होला मूल्य ?

ओप्पो ए १६ नेपाली बजारमा सार्वजनिक, कति होला मूल्य ?

ओपोले नेपालमा आफ्नो लोकप्रिय सिरिज ए—सिरिज अन्तर्गत ए १६ सार्वजनिक गरेको छ । स्टाइलिश डिजाइन मनपराउने यूवा लक्षित गरी ओप्पो ए १६ सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

५ हजार एमएएच ब्याट्री रहेको ओपो ए १६ मा ठूलो आकारको ६.५२ इन्चको एचडी प्लस आई केयर डिस्प्लेको प्रयोग गरिएको छ ।

साथै गुणस्तरिय तस्विर कैद गर्न सकियोस् भन्ने सोचका साथ यसमा एआई ट्रिपल क्यामेरा पनि दिइएको छ ।

डिजाइन

क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यू र स्पेस सिल्भर गरी तीन रंगमा उपलब्ध भएको ओपो ए १६ मा उपभोक्ताका गोपनीयताको सुरक्षार्थ फेसका साथै साइड फिंगरप्रिन्ट रिकग्निशन सुविधा पनि दिइएको छ ।

क्यामेरा

ओपो ए १६ मा हरेक अवस्थामा प्रयोगकर्ताले सहजै आफ्ना अमूल्य पलहरु तस्विर तथा भिडियोका रुपमा सहजै कैद गर्न सकुन् भन्ने तिर विशेष ध्यान दिएको छ ।

यसका लागि कम्पनीले फोनमा १३ मेगापिक्सेल मेन क्यामेराका साथमा २ मेगापिक्सेल डेप्थ (बोके) र २ मेगापिक्सेल म्याक्रो क्यामेरा पनि उपलब्ध गराएको छ । स्पष्ट तथा चहकिला सेल्फीका लागि फोनमा ८ मेगापिक्सेल क्षमता सहितधको फ्रण्ट क्यामेरापनि दिइएको छ ।

ब्याट्री र रोम

ओपो ए १६ मा प्रयोगकर्तालाई ५ हजार एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको छ । ब्याट्रीलाई १०० प्रतिशत चार्ज गरेपछि ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिने कम्पनीको दावी छ ।

ए १६ मा ३ जीबी र्‍याम र ३२ जीबी रोमको व्यवस्था गरिएको छ । साथै अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा फोनमा २५६ जीबी सम्मको एसडी कार्ड मार्फत सञ्चय क्षमतालाई थप विस्तार गर्ने सुविधा पनि फोनमा उपलब्ध रहेको छ ।

बजार उपलब्धता

नेपाली बजारमा ओपो ए १६ अगष्ट महिनाको २९ तारिकदेखि नै उपलब्ध भइसकेको छ । यसको मूल्य १८ हजार ९९० रूपैयाँ निर्धारण गरिएको छ ।