कीवर्डहरू -

स्टार्टअप र उद्यमीका लागि नेटवर्किङ प्लेटफर्म ल्याउँदै नेप्लिज योङ आन्ट्रप्रेनर्स फोरम

स्टार्टअप र उद्यमीका लागि नेटवर्किङ प्लेटफर्म ल्याउँदै नेप्लिज योङ आन्ट्रप्रेनर्स फोरम

नेप्लिज योङ आन्ट्रप्रेनर्स फोरम (एनवाईईएफ) ले स्टार्टअप र उद्यमीहरूको नेटवर्किङका लागि प्लेटफर्म ल्याउने भएको छ । केही समय पछि उक्त प्लेटफर्म सार्वजनिक गर्ने एनवाईईएफको तयारी रहेको छ ।

आगामी ३ देखि ६ महिनासम्ममा उक्त नेटवर्किङ प्लेटफर्म सार्वजनिक गर्ने पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक तथा एनवाईईएफका अध्यक्ष उदिप श्रेष्ठले जानकारी दिए ।

उक्त नेटवर्किङ प्लेटफर्म वेबसाइट र मोबाइल एपमा उपलब्ध हुनेछ । सो प्लेटफर्म शुरूमा पोर्टलको रूपमा उपलब्ध हुनेछ भनर त्यसपछि मोबाइल एपमा आउनेछ । उक्त प्लेटफर्ममा स्टार्टअप तथा उद्यमशीलता सम्बन्धि आफ्ना जिज्ञासाहरू राख्न सकिने श्रेष्ठले बताए ।

‘त्यसबाट एक अर्कासँग कनेक्ट गरेर अनुभव आदान प्रदान गर्न सकिन्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘स्टार्टअप वा उद्यमशीलतासँग सम्बन्धि कुनै कन्फ्युज छ भने उक्त कम्युनिटीमा सोध्न मिल्छ ।’

एनवाईईएफले केही दिन अगाडि नेपालमै पहिलो पटक आन्ट्रप्रेनर पोर्टल सार्वजनिक गरेको थियो । पोर्टलमा व्यवसाय दर्ता, कर, सम्पत्ती दर्ता, विजनेस फाइनान्सिङ, इन्टेलेक्चुअल प्रोपटी, श्रम कानून, वैदेशीक लगानी लगायतको जानकारी राखिएको छ ।

पोर्टलमा रिसोर्सको आन्ट्रप्रेनर्स गाइड अन्तर्गत लगानीकर्तालाई कसरी आकर्षण गर्ने, कसरी टिम बनाउने, कसरी कर्मचारी भर्ना गर्ने, मार्केटिङ आइडिया, अकाउन्टिङ सिस्टम, सेल्स ट्रेनिङ, कसरी काम गर्ने ठाउँमा सकारात्मक वातावरण सिर्जना गर्ने लगायतका जानकारी पनि उपलब्ध छन् ।

पोर्टलमा सफलताको कथा पनि राखिएको छ । उद्यमशीलताका लागि आवश्यक पर्ने सबै जानकारी एउटै पोर्टलमा राखिएको छ । यसले नयाँ स्टार्टअपदेखि लिएर चलिरहेको व्यवसाय र उद्यमीलाई समेत सहयोग गर्ने श्रेष्ठको भनाइ छ ।