कीवर्डहरू -

मेरो कारोबार एपमा थपिए नयाँ फिचर

मेरो कारोबार एपमा थपिए नयाँ फिचर

मेरो कारोबार एपमा नयाँ फिचर थप भएका छन् । एपको युआई परिवर्तनसँगै बग समेत समाधान गरिएको छ ।

एपमा लक सिस्टम, सर्टिङ एण्ड फिल्टरिङ फिचर थप भएका छन् । मेरो कारोबारको नयाँ अपडेटमा रिपोर्ट डाउनलोड गर्ने तरिका पनि अझ सजिलो बनाएको संस्थापक समिर फुँयालले बताए ।

‘ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै एपमा हामीले लक गर्न सकिने सुविधा समेत ल्याएका छौं,’ फुँयालले भने, ‘जसले गर्दा ग्राहकले आफ्नो डाटालाई सुरक्षित गर्न सक्नुहुनेछ ।’

एपमा अझै नयाँ नयाँ सुविधाहरु थप गर्ने कम्पनीको योजना रहेको छ । मेरो कारोबार एप निःशुल्क प्रयोग गर्न सकिन्छ । मेरो कारोबार एपबाट साना तथा मध्यम पसलको हिसाब किताब आफ्नो फोनमै राख्न सकिन्छ ।

मेरो कारोबार एपमा व्यक्तिगत रुपमा डिजिटल खाता बनाउन सकिने तथा लेनदेन ट्रयाक गर्न सकिने, ग्राहकको रिपोर्ट हेर्न वा डाउनलोड गर्न सकिने, पैसा जम्मा गर्न रिमाइनडर पाइने, डेटा अटोमेटिक ब्याकअप हुने, एप अनलाइन तथा अफलाइन प्रयोग गर्न सकिने लगायतका सुविधाहरु रहेका छन् । मेरो कारोबार एप एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ ।