कीवर्डहरू -

जोबीको विद्युतीय हवाई टयाक्सी परीक्षण गर्दै नासा

जोबीको विद्युतीय हवाई टयाक्सी परीक्षण गर्दै नासा

नासाले जोबीको विद्युतीय हवाई टयाक्सीको जाँच सुरु गरेको छ । यो जोबी एभिएसनको विद्युतिय भिटिओएल एयरक्राफ्ट हो । भविष्यमा यी टयाक्सीहरु एयरस्पेसमा चल्ने योग्य छन् की छैन् भनेर नासाले परिक्षण गर्न लागेको हो ।

यो परिक्षण अगस्त ३० मा सुरु भएर सेप्टेम्बर १० सम्म गरिनेछ । यसमा उडान भरिको समयमा ५० ओटा माइक्रोफोन प्रयोग गरेर आवाजको जाँच गरिनेछ । यो कम्पनीको पहिलो आधिकारिक परिक्षण हो र अहिले सम्म कम्पनीले ड्रोनमात्रै आधिकारिक रुपमा उडाउने गर्दछ ।

यसको डेटाले भविष्यको अरु टयाक्सी तथा उडान सेवाहरुलाई सहयोग पुर्‍याउने नासाको मान्यता रहेको छ । जोबीले हालैमा उबरको एयर टयाक्सी व्यवसाय खरिद गरेको थियो र टोयोटाबाट ३९४ मिलियन डलर लगानी पनि लिएको थियो ।