कीवर्डहरू -

दाङ, सल्यान र रोल्पामा इन्टरनेट सेवा प्रदान गर्दै टिपी लिंक नेटवर्क

दाङ, सल्यान र रोल्पामा इन्टरनेट सेवा प्रदान गर्दै टिपी लिंक नेटवर्क

इन्टरनेट सेवा प्रदायक कम्पनी टिपी लिंक नेटवर्कले आफ्नो सेवा दाङ लगायत आस पासका जिल्ला रोल्पा र सल्यानमा पनि सेवा प्रदान गर्न थालेको छ । केही महिना अगाडि मात्रै दाङको तुल्सीपुरमा टिपी लिंकको शाखा स्थापना भएको थियो ।

दाङमा सस्तो, गुणस्तरिय र भरपर्दो इन्टरनेट सेवा उपब्ध गराउने उदेश्यका साथ तुल्सीपुरमा नयाँ शाखा स्थापना गरिएको टिपि लिङ्क नेटवर्कको प्रमुख दामोदर डुम्रेले बताए ।

अहिलेको समयमा इन्टरनेट सेवा अत्यावश्यक सेवा भइसकेकाले सञ्चालनमा ल्याएको तुल्सिपुर शाखाका सञ्चालक नवराज बुढा र खीम बहादुर घर्तिले जानकारी दिए ।

तुल्सीपुर शाखाको नेटवर्क पहुँच हाल रोल्पाको त्रिवेणी गाउँपालिका, रुन्टिगढी र सल्यानको कपुरकोट गाउँपालिकाका केही स्थान सम्म नेटवर्क पहुँच रहेको छ ।

अन्य ठाउँहरुमा पनि ग्राहकहरुको माग अनुसार सबै ग्रामीण वस्ती तथा अन्य बजारमा पनि पुर्‍याउन सकिने कम्पनीले जानकारी दिएको छ।

बजारमा अन्य धेरै इन्टरनेट सेवा प्रदायक कम्पनीहरु भए पनि अन्य कम्पनीहरुका भन्दा फरक सुविधा र सपोर्टका साथ जुनसुकै बेलामा पनि ग्राहक समस्या समाधान गरिने कम्पनीले जनाएको छ । कम्पनीले २० एमबीपीएस देखि ५० एमबीपीएस सम्मको इन्टरनेट प्रदान गर्दै आएको छ ।

२०७३ सालमा  कास्किमा स्थापना भएको टिपि लिङ्क नेटवर्क प्राली अहिले पोखरा, पाल्पा, स्याङ्जा, पर्वत, तनहुँ, हुँदै दाङको तुल्सीपुरमा संचालनमा आएको छ ।